एनएसजेएफलाई राखेपद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपालखोज
२०७८ वैशाख २७ गते १५:३७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोभिड–१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई एक सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।
यसअघि २०७६ साल चैतमा गरिएको लकडाउन अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया