प्रधानमन्त्री ओलीको जवाफ- आवेश, उत्तेजना र झुटको राजनीति नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपुर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिएका छन् । आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उनले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराएका छन् ।
कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाब बढाउने, अनेकता तर्फ देशलाई लैजाने स्थिति नभएकाे छन् ।
उनले नेपालको राजनीति माखे सांङलो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिए । असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उनले सचेत गराए ।
उनले केही समय अघि लोकतान्त्रिक पद्ध्ति विरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफुलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग गरे ।
कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उहाँले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताए उनले संसदको स्थायीत्वका लागि आफुलाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गरे ।
उनले भने “संसद विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ? ”उनले आफुले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफुले सरकारको नेतृत्व गर्ने हक राख्ने बताउनुभयो । उनले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थिति नभएको कुरा पनि आफुले बुझेको बताए ।
संवाद,सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उनले प्रस्ताव गरे । उनले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाई, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया