बिजुलीबजारको आर्कब्रिजमुनिको बाटो तत्काल व्यवस्थित गरिने

नेपालखोज २०७८ वैशाख २७ गते १७:३८


काठमाडौं । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्कब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छन् ।

आज बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेर विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएइन् ।

करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए ।

त्यसको करिब १५ दिनपछि सो ट्रयाक खुलेको थियो । ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो ।

समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुगेकिन् विकास आयुक्त ढकालले सकेसम्म चालु आवमा सो ट्रयाकलाई व्यवस्थित बनाउने तयारी गरेकाे बताइन् ।

उनले राजधानीको सावारी जाम कम गर्न महत्वपुर्ण भुमिका खेलेकाे धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्ने बताइन् । जहाँ समस्या देखिएको छ । सो स्थानमा आफु उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउदै विकास आयुक्त ढकालले भनिन्–आगामी आवमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ ।

धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोली संगै निरीक्षण गर्न पुगेकिन् ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन् ।

हाल देखेको समस्या तत्काल सुमाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइनेछ–उनको भनाई थियो । आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराए । उनले भने अब करिब ३० करोड रुपिया आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पुर्ण काम सक्नेछौ ।

टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको बताए ।

करिब एकसाता अघि मात्र नियुक्ति भएकी विकास आयुक्त ढकालले आफुले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताइन् ।

एघार वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म तीन अर्ब ११ करोड रुपिया खर्च भैसकेको पनि उनले बताइन् ।

साढे चार अर्ब रुपैयााँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ ।

विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताइन् ।

प्रतिक्रिया