संसद्को विशेष अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस
नेपालखोज
२०७८ वैशाख २७ गते २१:२५

काठमाडौं । कामचलाऊ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गरेको भए पनि कामचलाऊ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया