मंगलबार, वैशाख ४, २०८१

सकियो निफ महोत्सव, यी हुन् उत्कृष्ट चलचित्र

नेपालखोज २०७८ वैशाख २७ गते २१:४९

काठमाडौं । ‘विश्वकाकथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण आजबाट समापन भएको छ ।

चलचित्रमार्फत नेपालीकला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य रहेको निफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथीमाले निफमा स्तरीय कथाहरु आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्वेवारीमा रहँदा खुँसी लागेको बताइन् ।

यसैगरि पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले मानवजिवनका यथार्थ कथालाई चिलचित्रमार्फत उतार्न सफल रहेको बताए । विश्वभरका कला , संस्कृति तथा भूगोललाई निफले केन्द्रीकृत गर्न सफल रहेको बताए ।

यसैबिच मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केहि समय अघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ठ लागेको बताए । यो चलचित्र महोत्सवले युवालाई चलचित्र निमार्णमा सहयोय पुग्ने विश्वास व्यक्त गरे । समापन कार्यक्रममा उत्कृष्ठ फिल्म सहित बिभिन्न देशका निर्णायकहरुद्वारा पुरस्कार राशीको घोषणा गरिएको छ ।

त्यसैबिच, उत्कृष्ठ लघुचलचित्र अवार्ड अन्तरगत राजेशप्रसाद खत्रीको ‘A Scarecrow’ ले हात पारेको छ । यसैगरि बागमति अवार्ड अन्तरगत उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्र अन्तरगत कोरियाका निर्देशक सङ्गबिन बुनको (‘God’s Daughter Dances’ ले पाएको छ ।

मंजुश्री अवार्ड उत्कृष्ठ ऐनिमेशन तर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन भने उत्कृष्ठ बृतचित्र तर्फ गणेश पाण्डेको शिभिल सोल्डर्सले हात पारेको छ । यसैगरी माउन्ट एभरेष्ट बृतचित्र अवार्ड स्वीजरल्याण्डका निर्देशक एड्रीनो जेकाको ‘Return to the Lost Eden’ ले पाएको छ । यसैगरि टर्कीका निर्देशक मुरत सेरीको ‘In My Dream’ पनि छनौटमा परेको छ भने राष्ट्रीय फीचर फिल्म अन्तरगत ढोण्डुप छिरीङ्गको आमा खाण्डोले हात पारेको छ ।

गौतमबुद्ध अर्वाड अन्तरगत भारतीय चलचित्र ‘Dictionary’ ले हात पारेको छ । यसैगरि उत्कृष्ठ लेखन तर्फ सरिता, उत्कृष्ठ छाँयाङ्गन एवं महिला तथा पुरुषको अभियन तर्फ लाटोकशेरोले अवार्ड हात पारेको छ ।

सोही कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाले विषम परिथितिमा पनि निफको कार्यक्रम उत्साहजनक रहेको बताए । नेपाली कथा , चलचित्रलाई अन्र्तराष्ट्रियकरण गर्नुमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा चलचित्रविकास बार्डले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा चलचित्र गतिविधिहरु अगाडी बढाउने बताए ।

कार्यक्रमको समापन नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकले कार्यक्रमको सफल पार्न सहयोग सबैलाई धन्यवाल दिँदै निफका कार्यक्रमहरुलाई थप गतिशिल एवं प्रभावकारी बनाउने बताए ।

प्रतिक्रिया