बहुमतको सरकार गठनका लागि राष्ट्रपतिको आह्वान
नेपालखोज
२०७८ वैशाख २७ गते २१:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदबाट हटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

सम्बन्धित
प्रतिक्रिया