सीसीएमसीले तोक्यो अक्सिजनको कोटा

नेपालखोज २०७८ वैशाख २८ गते ८:३०

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितको लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासोपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो ।

सीसीएमसीको निर्देशनअनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउनेछन् । सीसीएमसीको निर्देशनअनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ ।

त्यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउनेछ । यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।

यस्तो छ सीसीएमसीको निर्णय

प्रतिक्रिया