अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने
नेपालखोज
२०७८ वैशाख २८ गते ९:३२

वासिंटन । अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खोपको सुरुवात यसै साताको १३ मेबाट हुुनेछ ।
अमेरिकी नियामक निकायले फाइजर बायोएनटेकले कोरोनाविरुद्धको खोपका लागि आपतकालीन अनुमति दिएको छ ।
यो पहिलो खोप हो जो यस उमेर समूहका बालबालिकालाई दिइँदै छ । यसलाई महत्त्व पूर्ण कदमका रुपमा हेरिएको छ । जसले आगामी दिनमा उनीहरुको जीवन सामान्य हुने र फेरि स्कुल जान सक्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोराछोरीलाई छिटोभन्दा छिटो खोप लगाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तपाई अभिभावक हो, माता पिता हो र आफ्ना बालबालिकालाई सुरक्षित राख्न चाहनुहुन्छ भने खोप लगाउन नछुटाउनुहोस्, आजको फैसला धेरै महत्त्वपूर्ण छ ।’
सम्बन्धित
प्रतिक्रिया