अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हेटौँडा उपमहानरपालिकाभित्र अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिने भएको छ ।
मकवानपुर कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार हेटौँडा उपमहानरपालिकाका १९ वटै वडामा अटो एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुईर/दुई अटो एम्बुलेन्स सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
समयमै एम्बुलेन्स पाउने अवस्था नहुने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । यसअघि थाहा नगरपालिकाले पनि नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई/दुईवटा अटो एम्बुलेन्स सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया