शुक्रबार, वैशाख १४, २०८१

अक्सिमिटरको कालोबजारीमा संलग्न सातजना पक्राउ

नेपालखोज २०७८ वैशाख २८ गते १४:१०

काठमाडाैं । काठमाण्डौमा अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले एक विज्ञप्ति मार्फत जनाएको छ ।

टोलीले उनीहरूको साथबाट सात सय ६५ थान अक्सिमिटर समेत बरामद गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा बजारमा अक्सिमिटरको पनि माग बढेको छ ।

प्रतिक्रिया