शुक्रबार, वैशाख ७, २०८१

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारकाे निर्णय

नेपालखोज २०७८ वैशाख २८ गते १७:२३

काठमाडाैं । कोरोना संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जनाएकाे छ ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिएका छन् ।

साथै निजी अस्पतालहरूलाई पनि केही शय्या कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै शय्यामा कोभिडको उपचार गरिरहेको उनले बताए ।

अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने जनाए ।

उनले केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने पनि बताए । काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए ।

प्रतिक्रिया