शुक्रबार, वैशाख १४, २०८१

एकै दिन प्याजको मूल्य ३० रुपैयाँ बढ्यो, भोली कति बढ्ने छ ?

नेपालखोज २०७६ असोज १३ गते १६:२४

१३ असोज २०७६, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य एकै दिनमा ३० रुपैयाँले बढेको छ ।

कालिमाटी तरकारी बजार विकास समितिकाअनुसार सोमबार एक किलो प्याजको खुद्रा मुल्य औसतमा १३५ रपैयाँ पुगेको छ । अघिल्लो दिन १०५ रुपैयाँ मात्र थियो ।

भारतीय प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको समितिका अधिकारीहरु बताउँछन् । यो प्रभाव अझै कति दिनसम्म चल्ने हो त्यो यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया