बिहीबार, चैत १५, २०८०

दिल्लीमा कोरोना संक्रमणदर घट्दै, चौबीस घण्टामा १२ हजार ४ संक्रमित थपिए

नेपालखोज २०७८ वैशाख २८ गते १७:४८
तस्बिर : एबिपी लाइभ

दिल्ली । भारतको राजधानी दिल्लीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर पछिल्लो समय कम हुँदै गएको छ । त्यहाँ बितेको २४ घण्टामा १२ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

जुन १२ अप्रिल पछिकै सबैभन्दा कम हो । हाल दिल्लीमा संक्रमणदर १७ दशमलव ७६ प्रतिशत रहेको छ । त्यहाँ पछिल्लो १५ दिनको अवधिमा संक्रमणदर आधा घटेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा ७० हजार २ सय ७६ जनाको परीक्षण गर्दा १२ हजार ४ सय ८१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै सोहि अवधिमा जम्मा ३ सय ४७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार १० पुगेको छ । दिल्लीमा हालसम्म १३ लाख ४८ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन् । जसमा १२ लाख ४४ हजार ८ सय ८० जना उपचार पछि निको भइसकेका छन् ।

हाल ८३ हजार ८ सय ९ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ४ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया