काठमाडौं उपत्यकामा एकैदिन थपिए ३९ सय २७ कोरोना संक्रमित
नेपालखोज
२०७८ वैशाख २८ गते १८:०१

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया