कोरोना सङ्क्रमणबाट एकैदिन २२५ जनाको मृत्यु, ९४८३ सङ्क्रमित थपिए
नेपालखोज
२०७८ वैशाख २८ गते १८:०६

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका कारण एकैदिन २ सय २५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार ५ सय ९६ पीसीआर र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना निको भएका छन् । सोहित नेािलमा ३ लाख १२ हजार १९ जना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा ९७ हजार ८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया