बिहीबार, वैशाख ६, २०८१

कांग्रेस बैठकको निर्णय : बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने

नेपालखोज २०७८ वैशाख २८ गते १८:५५

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका बारेमा सबै दलहरूसँग छलफल गरेर राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

आज बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले जनता समाजवादी पार्टी (जसपा) र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग समेत सरकार निर्माणका बारेमा छलफल गर्ने निर्णय गरेको हो । कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा नेपाली कांग्रेस पार्टीभित्र कुनै समस्या नभएको वरिष्ठ नेता रामचन्द्र पौडेल बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै संविधानको धारा ७६ को २ अनुसारको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आह्वान गरेको अवस्थामा कांग्रेसले जसपा एकजुट भएर कांग्रेस नेतृत्वको सरकारमा सहभागी होस् भन्ने चाहेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

एमालेभित्र समेत असन्तुष्टि देखिएको र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु संसद बैठकमा अनुपस्थित भएको अवस्थामा नेपाल समूहसँग समेत छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ ।

प्रतिक्रिया