भारतको ‘रोजाइ’ ओली

नेपालखोज २०७८ वैशाख २८ गते १९:२४

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले आफूहरु कामचलाउ प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको बताएका छन् ।

आज उनले सामाजिक सन्जाल ट्‌विटरमार्फत भनेका छन्, ‘ओली भारतको रोजाइ हुन् भने प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जित हुन्छ।’

आज (मंगलबार) साँझको ट्‌विटमा स्वामीले यस्तो टिप्पणी गरेका हुन् । उनी भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारिणी सदस्य हुन भने नेपाल मामिलाका जानकारसमेत हुन् ।

प्रतिक्रिया