मंगलबार, चैत ६, २०८०

वाग्मतीले कोभिड बिरामीलाई तत्काल उपचार सेवा पुर्‍याउन संघीय सरकारसँग समन्वय गर्ने

नेपालखोज २०७८ वैशाख २८ गते २०:१६

मकवानपुर । वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोभिड–१९ संक्रमितलाई अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिई तत्काल उपचारसेवा पुर्‍याउन सरकारले संघीय सरकारसँग समन्वय गर्ने बताएकी छन् ।

प्रदेशसभा, स्वास्थ्य, शिक्षा र कृषि समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा उनले समितिले निर्णय गरी उपलब्ध गराएको १० बुँदे निर्देशिकालाई तत्कालै संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयन गरिने दृढता व्यक्त गरिन् ।

समितिले आज निर्णय गरी विभिन्न महत्वपूर्ण सरोकारका विषयमा १० बुँदे निर्देशिका जारी गरेर सामाजिक मन्त्रालयलाई कदम चाल्न आग्रह गरेको समितिका सचिव सुन्दर पन्तले बताए ।

प्रतिक्रिया