आइतबार, असार ८, २०८२

आज २०१औं विश्व नर्सिङ दिवस, राष्ट्रपति भण्डारीद्वारा नर्सहरूको उच्च प्रशंसा

नेपालखोज २०७८ वैशाख २९ गते ९:०२

काठमाडौं । आज मे १२ तारिख अर्थात २०१औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस । विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पुर्‍याएको योगदानको कदर र सम्मान स्वरुप यो दिवश मनाइदै छ । तर कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा नर्स दिवस मनाउन थालिएको हो ।

कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा नर्सलगायतका सबै स्वास्थ्यकर्मी आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिएका छन् ।

यसैबीच, राष्ट्रपति विद्यादेवि भण्डारीले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अग्र भागमा रहेर संक्रमितको हेरचाह गर्ने सबै नर्सको उच्च प्रशंशा गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरुको हेरचाहमा अहोरात्र खटिएका नर्सहरूको त्याग, समर्पण र लगनशीलताको प्रशंसा गरेकी हुन् ।


स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि दिवसका अवसरमा शुभकामना दिदै कोभिड १९ विरुद्धको लडाईमा दिन–रात नभनी बिरामीको सेवामा लाग्ने सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया