बुधबार, असार ११, २०८२

भारतमा चौबीस घण्टामा ४२ सय बढीको मृत्यु

नेपालखोज २०७८ वैशाख २९ गते १०:५९

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजार २ सय ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण २ लाख ५४ हजार १९७ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा ३ लाख ४८ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या भारतमा २ करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।

तीमध्ये एक करोड ९३ लाख ८२ हजार ६सय ४२ जना कोरोनामुक्त भइसकेका छन् । भारतका सञ्चारमाध्यमकाअनुसार भारतमा अहिले दोस्रो भेरियन्टको कोरोना संक्रमण दर फैलिरहदा ३७ लाख ४ हजार ९९ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया