उपत्यकामा निषेधाज्ञाको चौधौं दिन, ज्याला-मजदुरी गर्ने बढी प्रभावित (भिडियोसहित)

काठमाडौं । संघीय राजधानी काठमाडौंमा दुई साता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफुले कमाएको २ /४ रुपैयाले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिदै गएपछि समस्यामा परेका हुन् ।
यसरी बिहान साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिच रोडमै राखेर खाना खुवाउन थालेका छन् । कोभिड(१९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाईएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन् ।
त्यस्तै, निषेधाज्ञाको १४ औ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै कमि आउन सकेको छैन् । अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन् ।
सवारी अनुमति नभएका र बिना काममा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ । कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ । कोभिड- १९ संक्रमणको जोखिम न्युनिकरणका लागि उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया