९ हजार ३०५ जनामा संक्रमण, ४ हजार ४४४ जना डिस्चार्ज
नेपालखोज
२०७८ वैशाख २९ गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९ हजार २ सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टामा ४ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १ सय ६८ जनाको ज्यान गएको छ ।
सम्बन्धित
प्रतिक्रिया