इजरायल र प्यालेस्टाइनबीच तनाव उत्पन्न, नेपालीहरुलाई सुरक्षित रहन दूतावासको अनुरोध

नेपालखोज २०७८ वैशाख २९ गते १७:५३

काठमाडौं । केही दिन यता इजरायल र प्यालेष्टाइनबीच बढेको तनावका कारण कुन समस्या भएमा सम्पर्क गर्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको र गए राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको भन्दै सकेसम्म सुरक्षित रहन र समस्या भएमा सम्पर्क गर्न दूतावासले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

यति बेला इजरायलमा रहेका सबै नेपालीलाई त्रसित तुल्याए पनि यसबाट नआत्तिन र सम्भव भएसम्म सुरक्षाका उपायहरू खोजी गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया