गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

नेपालखोज २०७८ वैशाख २९ गते १९:२१

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् ।

मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

प्रतिक्रिया