बुधबार, जेठ २, २०८१

काठमाडौंमा आजदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द

नेपालखोज २०७८ वैशाख ३० गते ६:००

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने भएका हुन् ।

काठमाडौं प्रशासनले हिजो (बुधबार) एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाएको छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य जिल्लामा रहेका सबै कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने र गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,’ प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

प्रतिक्रिया