आइतबार, वैशाख २३, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंक र देवयानी इन्टरनेसनलबीच सम्झौता

नेपालखोज २०७८ असार १७ गते १३:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र देवयानी इन्टरनेशनलबीच सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको छ ।

एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता कर्पोरेट पे रोल सीप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौतापत्रमा एक समारोह बिच हस्ताक्षर भएको हो ।

योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिकरुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको सीप अनर्तगत लगानी गर्ने छन् ।

उक्त सम्झौतामा देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राजशाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले यही असार १५ गते मंगलबार हस्तारक्षर गरेका हुुन् ।

प्रतिक्रिया