सोमबार, वैशाख १५, २०८२

जर्मनी, ग्रिस र फिनल्यान्डले सहयोगमा दिएको स्वास्थ्य सामग्री भारत पुग्यो

नेपालखोज २०७८ वैशाख ३० गते ८:४८

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणदर बढ्ने क्रम रोकिएको छैन । भारतमा प्रत्येक दिन तीन लाखभन्दा बढी संक्रमित भइरहेको तथ्यांक छ ।

यस्तै मृत्यु हुनेहरुको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । भारतीय सर्वोच्च र उच्च अदालतमा पनि कोरोना संक्रमणको अवस्थाबारे सुनुवाइ भइरहेको छ ।

यही कोरोना संकटका बीच जर्मनी, ग्रिस र फिनल्यान्डले सहयोगमा दिएको स्वास्थ्य सामग्री आज (बिहीबार) बिहान दिल्ली विमानस्थलमा पुगेको एबीपी न्युजले जनाएको छ ।

प्रतिक्रिया