कोरोना संक्रमणका कारण मुगुका पत्रकारको मृत्यु

नेपालखोज २०७८ वैशाख ३० गते ९:०६

काठमाडौं । कोरोना संक्रमणका कारण मुगुका एक पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुने पत्रकार सुमन मल्ल जिल्लाका स्थापित पत्रकार हुन् ।

लामो समयदेखि मुगुमा बसेर नागरिक दैनिक, नयाँ पत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जका रुपमा काम गर्दै आएका मल्ल मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएका थिए । पछिल्लो समय कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो ।

प्रतिक्रिया