बिहीबार, वैशाख १३, २०८१

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि एक करोड चार लाख सहयोग

नेपालखोज २०७८ वैशाख ३० गते १०:५३


काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि एक करोड चार लाख सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा दुई लाखका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदानगर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याइदिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया