शुक्रबार, वैशाख १४, २०८१

नेपाल लाईफको तेस्रो त्रैमासिक नाफा ५० करोड ६६ लाख

नेपालखोज २०७८ वैशाख ३० गते १२:५७


काठमाडैं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४६ करोड ७५ लाख ७६ हजार तीन सय ४१ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ रहेको कम्पनीको चालुु आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी नौ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया