माधव नेपालसहित ४ नेताको कारबाही फुकुवा (भिडियो रिपोर्ट)
नेपालखोज
२०७८ वैशाख ३० गते १४:११

काठमाडौं । पार्टीका चार नेतामाथि गरेको कारबाही फिर्ता लिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिन तयार भएका हुन् ।
नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा भएको छलफलमा यस्तो निर्णय भएको परराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
हेरौं भिडियो रिपोर्ट :
सम्बन्धित

प्रतिक्रिया