साताको अन्तिम दिन पनि बढ्यो नेप्से, सात अर्ब १२ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बिहीबार) पनि नेप्से बढेर नै रोकिएको छ । अघिल्लो दिन शुन्य दशमलव ५६ अंकले बढेको नेप्से आज १० दशमलव १३ अंकले बढेर २६ सय ८४ दशमलव एक अंकमा पुुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले बढेर चार सय ७९ दशमलव ५० अंकमा पुुगेको छ । दुई सय १८ वटा कम्पनीहरुको ८६ हजार दुई सय ९६ पटकको कारोबारमा दुई करोड १९ लाख ५५ हजार नौ सय ४५ कित्ता सेयर खरिद विक्रि हुंदा कुल कारोबार रकम सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक बढेर चार वटा समुहको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २८ अंकले बढेर १७ सय ८५ दशमलव२ १ अंकमा पुगेकोमा निर्जिवन बीमा समूहको सूचक पनि पाँच दशमलव ५२ अंकले बढेर १३ हजार छ सय ५९ दशमलव ५२ अंकमा पुगेको छ ।
यसैगरी विकास वैंक, जलविद्युत, जीवन बीमा, फाईनान्स, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् । ट्रेडिङ समूहको सूचक भने २३ दशमलव ८६ अंकले घटेर तीन हजार नौ सय ८२ दशमलव ४७ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।
आज दिव्येश्वरी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैंयाँमा कारोबार हुंदा राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेर १९ हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड चार लाख ५९ हजार सात सय २० रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया