बिहीबार, वैशाख १३, २०८१

सलमानको ‘राधे’ क्लियर टीभीको मुभी अन डिमान्डमा

नेपालखोज २०७८ वैशाख ३० गते १६:३९

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित राधे’ प्रसारण गरेको छ ।

प्रभु देवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केहीहदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।

मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्मक्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवाप्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ । वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया