चौबीस घण्टामा काठमाडौं उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित
नेपालखोज
२०७८ वैशाख ३० गते १८:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा गरी कुल ३ हजार ५६२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ९२४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया