नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर सम्बन्धी सम्झौता
चुक्ता पुंजी, निक्षेप, कर्जा सबैको देशको सबै भन्दा ठुलो बैक बन्ने
काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिच मर्जर सम्झौता सम्पन्न भएको छ । दुुबै बैंकले सयुुक्तरुपमा जारी गरेको बिज्ञप्ती अनुसार बिहिबार अर्थात (आज) नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबिच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपाल इन्भेष्टमेण्ट बैंककोतर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुुन ।
नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेकाछन् ।
बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।
त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट तीन तीन जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा सात जनाको संचालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पू‘जी १० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी २६ अर्ब ९४ करोड रुपैैयाँ भई सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ ।
त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.१० अर्ब र हिमालयन बैंकको रु. ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुनेविश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुले जानकारी गराएका थिए ।
उनिहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया