अक्सिजन अवरुद्ध पार्नेलाई कारबाही गर्न आग्रह

नेपालखोज २०७८ वैशाख ३० गते १९:०५


काठमाडौं । न्यायका लागि मानव अधिकारले कोरोनाका कारण संक्रमितहरुले सामुहीक रुपमा ज्यान गुमाउँदासमेत सरकार उदासीन हुनु मानवता विरुद्धको अपराध तथा नरसंहार भएको बताएको छ ।

कोरोना संक्रमणका कारण दैनिक सयौंले ज्यान गुमाउँदा तत्काल उचित प्रवन्ध गरी नागरिकको जीवन रक्षा नगर्नु गम्भिर आपत्तिको विषय मात्र नभई मानवता विरुद्धको अपराध न्यायका लागि मानव अधिकारको ठहर छ ।

“कोभिड –१९ को महामारी फैलिंदै जाँदा अश्वभाविक मृत्युदर बढ्दै गरेको अवस्थामा संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजनको अभावमा विरामीहरुले ज्यान गुमाउन परेको, अस्पतालहरुले भर्ना नलिएको र विरामीहरु उपचार विहिन मृत्यूवरण गर्न वाध्य भइरहेको दुःखद समाचारहरुप्रती गम्भिर ध्यान आकर्षण भएको छ ।

” विज्ञप्तिमा भनिएको छ, “जिवनदायी खोपको अवरुद्धता, स्वास्थ्य उपकरणमा अनियमितता, निजी अस्पतालहरुको मनोमानीको भार खेप्दै आइरहेका नागरिकले पछिल्ला दिनमा सरकारले नियमनका नाममा निजी तथा सरकारी अस्पतालहरुलाई अक्सिजनको उचित प्रवन्ध नगरेको समस्यालाई गम्भिर रुपमा नलिएको, संक्रमितहरुले सामुहीक रुपमा ज्यान गुमाउनु परेकोप्रति समेत सरकारको ध्यान नजानु दुःखद हो ।”

नेपालको संविधान, कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले नागरिकको जिउज्यानको सुरक्षाको जिम्मेवारी भएको तर सरकारले जिम्मेवारी वहन नगरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

प्रतिक्रिया