नेपाल पक्षका सांसदले राजीनामा नदिने

नेपालखोज २०७८ वैशाख ३० गते १९:१६

काठमाडौं । नेकपा एमाले नेपाल समूहका सांसदको राजीनामा तत्कालका लागि टरेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको बताइएको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजनीमा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् ।

बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान गर्ने सहमति बनेको जानकारी दिए । उनले आज राजीनामा दिने विषय अब टरेको बताए ।

प्रतिक्रिया