नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा प्रवेश
नेपालखोज
२०७८ वैशाख ३० गते २०:३७

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । बिहीवार (आज) दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई तीन–शून्य गोलले हराउँदै काठमाडौं उपाधि नजिकै पुगेको हो ।
काठमाडौंको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे । खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काठमाडौंले अग्रता बनाएको थियो । त्यस्तै काठमाडौंले २२ औँ र ६० मिनेटमा गोल गर्यो ।
अब उपाधिका लागि काठमाण्डौले शनिवार धनगढी एफसीसँग खेल्नेछ । प्लेअफमा काठमाण्डौ धनगढीसँगै पराजित भएको थियो । यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया