शनिबार, वैशाख ८, २०८१

कोभिड महामारीमा मोदी भ्याक्सिन, अक्सिजन र औषधिजस्तै हराए : राहुल गान्धी

नेपालखोज २०७८ वैशाख ३० गते २०:४४

दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीले कोभिड महामारीको समयमा प्रधानमन्त्री नरेन्द्र मोदी भ्याक्सिन, अक्सिजन र औषधिजस्तै हराएको टिप्पणी गरेका छन् । आज एक ट्वीट लेख्दै नेता गान्धीले लेखेका छन्, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् ।

त्यस्तै भारतीय कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालले पनि गंगा नदीमा भेटिएको शवको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् । उनले ट्वीटमार्फत हुकुमतहरूले लासहरू पनि देख्न छाडिसकेको भन्दै केन्द्र सरकारको आलोचना गरेका छन् ।

विहार र उत्तरप्रदेशको नदीमा पछिल्लो केही दिनदेखि कैयौं शवहरू भेटिएका छन् । स्थानीय पत्रकारले कोभिडबाट मृत्यु भएकाहरूको शव त्यसरी फालेको हुनसक्ने अनुमान गरेका छन् । यसै हप्ता मात्रै विहारको चौसा प्रखण्डको घाटमा ७१ वटा शव गंगा नदीमा तैरिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया