बिहीबार, वैशाख १३, २०८१

इजरायलले गाजा क्षेत्रमा बढायो सुरक्षा फौज

नेपालखोज २०७८ वैशाख ३१ गते ११:०८
बिबिसी

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ । सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ ।गाजामा रहेका एकजना बीबीसी संवाददाताका अनुसार गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको छ । भिडिओ फुटेजमा विस्फोटनले गाजाको आकासमा बिजुली चम्किएको जस्तो देखिन्छ ।

त्यहाँ ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १ सय नाघेको छ । प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरायलमा ७ जनाले ज्यान गुमाएका छन् । लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले हालसम्म कुनै प्रभाव पारेको छैन । अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ ।

थप ट्याङक र फौज

इजरायलले गाजासँगको आफ्नो सीमामा थप ट्याङ्क र फौजहरू परिचालन गरेको छ । केही दिनयताको हिंसापछि उसले स्थल कारबाहीको विचार गरिरहेको जनाइएको छ । स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै बिहीबार खटाइएको समाचार बिबिसीले समाचार लेखेको छ ।

आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ । स्थल सेना परिचालन गर्ने निर्णय गरिएको छैन ।

तर इजरायली सेनाले सम्भावित कारबाहीको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ जसबारे सेनाका प्रमुख र सरकारका विभिन्न तहहरूले निर्णय गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया