शनिबार, जेठ ५, २०८१

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ साउन १९ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया