संघीय सांसद कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउँदै, सभामुखबाट सुरू

नेपालखोज २०७८ वैशाख ३१ गते ११:३५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप कोभिसिल्डको दोस्रो मात्रा लिएका छन् ।

सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरेका हुन् ।

यससँगै संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

गत फागुन १९, २० र २१ गते कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो ।

अन्य सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने पर्खाइमा छन् ।

प्रतिक्रिया