प्रधानमन्त्री ओलीले लिए शपथ

नेपालखोज २०७८ वैशाख ३१ गते १४:५१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ गरेका छन् । उनलाई राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा ओली हिजो प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी थिइन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकिएको थियो ।

प्रतिक्रिया