माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच गोप्य भेटवार्ता

नेपालखोज २०७८ वैशाख ३१ गते १५:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए ।

प्रतिक्रिया