प्रधानमन्त्री ओलीद्वारा पुरानै अनुहारलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् गठन (सूचीसहित)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
ओलीसँगै उनको मन्त्रिपरिषद्का सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका मन्त्रीहरूले साबिककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कोको भए मन्त्री ?
ईश्वर पोखरेल- उप्रपधान तथा प्रधानमन्त्री कार्यालय, रामबहादुर थापा बादल- गृह, टोपबहादुर रायमाझी- ऊर्जा, विष्णु पौडेल -अर्थ, प्रदिप ज्ञवाली- परराष्ट्र, हृदयेश त्रिपाठी- स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति, कृष्णगोपाल श्रेष्ठ- शिक्षा, प्रभु साह- सहरी विकास,भानभुक्त ढकाल-पर्यटन, मणिचन्द्र थापा- खानेपानी, पद्मा अर्याल- कृषि, बसन्त नेम्वाङ- भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरी- श्रम, रोजगार, पार्वत गुरुङ- सञ्चार, शिवमाया तुम्बाहाम्फे- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठ- कानून, गणेशसिंह ठगुन्ना- संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले- वन, जुलीकुमारी महतो-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामा तामाङ- युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त भएका छन् ।

प्रतिक्रिया