८,५२० संक्रमित थपिए, ६,१३५ जना डिस्चार्ज

नेपालखोज २०७८ वैशाख ३१ गते १८:०४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरीबाट थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रतिक्रिया