पूर्वरानी कोमल शाह डिस्चार्ज
नेपालखोज
२०७८ वैशाख ३१ गते १७:२०

काठमाडौं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उनले कोरोनालाई जितेर डिस्चार्ज भएकी हुन् ।
शाहसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।
कोमलको अक्सिजन निरन्तर घटेपछि उनलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित परिवारका अरू सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पूर्वराजा शाह भने बुधवार नै डिस्चार्ज भइसकेका थिए ।
सम्बन्धित

प्रतिक्रिया