काग्रेंस उप-सभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

नेपालखोज २०७८ जेठ १ गते ८:४७

काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति तथा पुर्व उपप्रधान मन्त्री विजय कुमार गच्छदारलाई पत्नी शोक परेको छ। उनकी घर्मपत्नी निर्मला गच्छदारको आज निधन भएको हो।

उनको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री मीन विश्वकर्माले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकर्माले लेखेका छन्, ‘निर्मला भाउजु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया