बुधबार, असार ११, २०८२

भारतमा कोरोना : संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने धेरै

नेपालखोज २०७८ जेठ १ गते १०:२२

काठमाडौं । भारतमा कोरोना संक्रमण (कोभिड–१९) को महामारी भयावह स्थितीमा रहेको छ । हरेक दिन ३ लाखभन्दा बढि संक्रमित थपिने गरेका छन् भने करिव ४ हजारले ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो केहि दिन यताको खुसीको कुरा के छ भने संक्रमित थपिनेभन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । स्वास्थ्य मन्त्रालयकाअनुुसार पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार ९८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ८९० जनाको मृत्यु भएको छ ।

यहि अवधिमा ३ लाख ५३ हजार २९९ जना कोरोनासंक्रमित निको भएका छन् । जसबाट ३१ हजार ९१ जना सक्रिय संक्रमित घटेका छन् । शुक्रबार सार्वजनिक विवरणअनुसार १८ करोड ४ लाख ५७ हजार ५७९ डोज खोप लगाइसकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया