एमाले पार्टी विवाद समाधानका विषयमा बेग्ला बेग्लै छलफल
नेपालखोज
२०७८ जेठ १ गते १७:१५

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी विवाद समाधानका विषयमा बेग्ला बेग्लै छलफल जारी छ ।
एमाले नेता सुवास नेम्वाङले दुवै पक्षबीचमा विवाद समाधानका लागि कार्यदल गठनका सम्बन्धमा आवश्यक पहल भइरहेको जानकारी दिए । उनले स्वयम् आफैले पनि पार्टी अध्यक्ष ओली र नेता नेपालसँग विवाद समाधानका लागि कुराकानीमा गर्ने जानकारी दिए ।
त्यस्तै एमाले नेता माधवकुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि पार्टीको आन्तरिक विवाद समाधानका विषयमा अब बन्ने कार्यदलले टुंगो लगाउने बताए । पार्टीको आन्तरिक विवाद समाधानका विषयमा बोल्दै उनले आजसम्म उक्त कार्यदल बन्ने भनिए पनि यसबारे आफूलाई प्रष्ट जानकारी नभएको बताए ।
सम्बन्धित

प्रतिक्रिया